पहिरो हटाएपछि मेची राजमार्ग सञ्‍चालनमा आयो

हिमाल प्रेस १२ साउन २०८० १३:२४ | Friday, July 28, 2023
पहिरो हटाएपछि मेची राजमार्ग सञ्‍चालनमा आयो ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका-१ सेसम्बुस्थित सडकमा गएको पहिरो। फाइल तस्बिर

ताप्लेजुङ– सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। ताप्लेजुङको फुंलिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो।

ताप्लेजुङको दोखु-नांखोल्याङ सडकखण्डस्थित खोक्सेनजिक वैशाखे भिरमाबाट ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो।

सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दूरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिराले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो।

पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको कार्यालयका सुपरभाइजर नवीन उप्रेतीले बताए।

सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आ-आफ्नो गन्तव्यतिर लागेका छन्। ताप्लेजुङ भित्रने सवारीसाधन सदरमुकाम फुंलिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन्।

प्रकाशित: १२ साउन २०८० १३:२४ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast