तनहुँ राजस्व कार्यालयले गर्‍यो ४६ व्यवसायीको बैंक खाता रोक्का

हिमाल प्रेस १२ साउन २०८० १३:०३
10
SHARES
तनहुँ राजस्व कार्यालयले गर्‍यो ४६ व्यवसायीको बैंक खाता रोक्का

तनहुँ– तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ। कार्यालयले तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो।

तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए।

‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन्। कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ,’ उनले भने।

कार्यालयले ०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले बताए।

व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनको भनाइ छ।

उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ।

७२ हजार बढी करदाता

तनहुँमा ७२ हजार ४ सय ४७ करदाता रहेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७९/८० मा करिब १० प्रतिशत करदाता वृद्वि भएको कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए।

पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको वृद्वि हुँदै गएको उनको भनाइ छ। प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार २ सय ८४ र व्यापारीतर्फ २३ हजार ४ सय ३७ जना रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast