काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज (बिहीबार) पार्टी केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्।
रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसदलगायतको उपस्थिति थियो।
सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकामा धन्यवाद दिएका थिए।
प्रकाशित: ११ साउन २०८० २०:४० | Thursday, July 27, 2023
प्रतिक्रिया




