पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती गर्न सिफारिस गरिने

हिमाल प्रेस ११ साउन २०८० १९:३८ | Thursday, July 27, 2023
पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती गर्न सिफारिस गरिने

काठमाडौँ- न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवासुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ।

विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरीत बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्रचलित कानुनी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानकर्षण गराएको हो।

समितिका अध्यक्ष स‌ंगीता खड्काले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै ऐन, कानुनको पालना नगर्ने/नगराउने सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती गर्न सिफारिस गरिने अवस्था आउनेतर्फ सचेत गराइन्।

सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुुविधाको विषय तथा श्रमजीवी पक्ष र सञ्चालक पक्षका अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उनले राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हननसम्बन्धी यस्ता उजुरी र गुनासो आउनु दुःखद भएको बताए।

पछिल्ला दिनमा विभिन्न सञ्चार प्रतिष्ठानले कानुनी व्यवस्थाविपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधा बिना नै करार सम्झौता भंग गर्ने, निष्कासन गर्ने, सरुवा गर्नेलगायत विषयमा गुनासो र उजुरी प्राप्त भएको समितिले जनाएको छ।

प्रकाशित: ११ साउन २०८० १९:३८ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast