लघुवित्त पीडितसँग छलफल गर्न सरकारले गठन गर्‍यो वार्ता समिति

हिमाल प्रेस ११ साउन २०८० १८:३४ | Thursday, July 27, 2023
लघुवित्त पीडितसँग छलफल गर्न सरकारले गठन गर्‍यो वार्ता समिति

काठमाडौँ- सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ। बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त तथा वित्तीय संस्थाका ऋणिहरूको गुनासो सम्बोधन गरिरहेको जानएको छ। पीडितहरु केही दिनदेखि काठमाडौंमा आन्दोलनमा छन्।

आजै मात्र राष्ट्रिय सभाले विधेयक सर्वसम्‍वत् रुपमा पारित गरेको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो लागू हुने छ।

प्रकाशित: ११ साउन २०८० १८:३४ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast