मकवानपुरमा छ अर्ब ६० करोड रुपैयाँ आन्तरिक राजस्व असुली

हिमाल प्रेस १० साउन २०८० १६:५४ | Wednesday, July 26, 2023
मकवानपुरमा छ अर्ब ६० करोड रुपैयाँ आन्तरिक राजस्व असुली

मकवानपुर- आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ छ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेको छ।

कार्यालयले अन्तरशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार रुपैयाँ र आर्यकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजस्व असुली गरिएको जनाएको छ।

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ ६६ करोड ४० लाख ७५ हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड ३५ हजार रुपैयाँ, घरबाहलतर्फ स्रोतमा दुई करोड ५१ लाख ६१ हजार रुपैयाँ र शिक्षाकरतर्फ सात हजार रुपैयाँ मात्र राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ।

कार्यालयले अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार रुपैयाँ थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिए।

कार्यालयले अघिल्लो आव २०७८/७९ मा छ अर्ब २७ करोड ७४ लाख १४ हजार रुपैयाँ कूल राजस्व असुली गरेको थियो।

प्रकाशित: १० साउन २०८० १६:५४ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast