व्यवसायीहरूको मर्यादाक्रम तोक्न पहल भइरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस २४ मंसिर २०७९ २०:२९ | Saturday, December 10, 2022
व्यवसायीहरूको मर्यादाक्रम तोक्न पहल भइरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

म्याग्दी– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि महासंघले पहल गरिरहेको बताएका छन्। म्याग्दी उद्योग वाणिज्य संघको २९ ‍औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरूले पहल गरिरहेको उनले बताए। ‘मैले निर्वाचनअघि गृहमन्त्री बालकृष्ण खाणसमक्ष सो प्रस्ताव गरिसकेको छु। यस विषयमा उहाँ सकारात्मक हुनुहुन्छ। यसमा चाँडै नै हामीले मर्यादाक्रम प्राप्त गर्ने अवस्था बनेको छ,’ उनले भने।

व्यवसायीको मर्यादाक्रम कायम गर्दै मेला महोत्सव आयोजना गर्ने अधिकार जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई मात्र दिनुपर्छ भनेर आफूले गृहमन्त्री खाणलाई जानकारी गराइसकेको ढकालको भनाइ छ। कोरोना महामारीका कारण विश्वका धेरै देश र नेपालमा पनि आर्थिक-सामाजिक क्षेत्रमा प्रभावित बनेको बताउँदै यसको प्रभावका कारण बैंकमा तरलता अभाव र कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएको उनले उल्लेख गरे।

प्रकाशित: २४ मंसिर २०७९ २०:२९ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast