शेखर कोइरालाले भने : अब चुनावमा गठबन्धन गर्न हुँदैन, त्यहीअनुसार तयारी थालौँ

हिमाल प्रेस ९ साउन २०८० १६:४३ | Tuesday, July 25, 2023
शेखर कोइरालाले भने : अब चुनावमा गठबन्धन गर्न हुँदैन, त्यहीअनुसार तयारी थालौँ फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने र निर्वाचनपछि मात्रै गठबन्धन गर्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन्। बीपी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आम निर्वाचनमा एक्लै लड्ने आँट गर्नुपर्ने बताएका हुन्।

‘अब आउने आम निर्वाचनहरूमा गठबन्धनमा त हामी जानैपर्छ । यही निर्वाचन प्रणालीबाट पनि गठबन्धनमा जानुपर्छ । यस्तो निर्वाचन प्रणाली बनाएका छौँ कि गठबन्धनबिना जान सक्दैनौँ। तर, प्रि पोल अलायन्स गरेर होइन । पोष्ट पोल अलाइन्स गरेर हामी जानुपर्छ’ उनले भने।

कांग्रेस एक्लै चुनाव लड्न सक्छ भन्ने विश्वास अहिलेदेखि नै बढाउन सबैलाई कोइरालाले आह्वान गरे। उनले गएको निर्वाचनमा गठबन्धनका कारण सबै ठाउँमा पार्टीको उम्मेदवार नहुँदा कांग्रेसको समानुपातिक भोट कम आएको पनि बताए। उनले टिकट वितरणमा सबैलाई न्याय गर्न नसकेको भन्दै क्षमा पनि मागे।

उनले भने,’हामी एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट आजदेखि अहिलेदेखि हामीहरू गरौं आगामी निर्वाचनहरूमा कांग्रेसले एउटा दिशा लिन्छ भन्ने विश्वास छ।’

प्रकाशित: ९ साउन २०८० १६:४३ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast