ओली स्वेदश फर्किँदै

हिमाल प्रेस ८ साउन २०८० ९:५० | Monday, July 24, 2023
ओली स्वेदश फर्किँदै एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदछन्। कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज राति १० बजे स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए। ओलीले कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए।

ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो। त्यहाँ एकजना ९२ वर्षीय मतदाताले समेत मतदान गरेका थिए।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए। कम्बोडिया बसाइका क्रममले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए।

अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी छन्।

प्रकाशित: ८ साउन २०८० ९:५० | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast