प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

हिमाल प्रेस ३ साउन २०८० १०:१३ | Wednesday, July 19, 2023
प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

काठमाडौँ– नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

बुधबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय पनि गरेको छ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३ साउन २०८० १०:१३ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast