फाइल तस्बिर।
काठमाडौँ– आइतबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्नै बैठकमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्ने कार्यसूची छ।
उनले सो प्रस्तावमाथिको संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ३१ असार २०८० ६:५९ | Sunday, July 16, 2023
प्रतिक्रिया




