प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस २९ असार २०८० ७:०४ | Friday, July 14, 2023
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर।

काठमाडौँ– शुक्रबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ।

बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयद्वारा जारी कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: २९ असार २०८० ७:०४ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast