प्रशंसकले ‘के आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ?’ सोध्दा शाहरुखले दिए यस्तो जवाफ

हिमाल प्रेस २८ असार २०८० १७:०६ | Thursday, July 13, 2023
प्रशंसकले ‘के आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ?’ सोध्दा शाहरुखले दिए यस्तो जवाफ

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा प्रदर्शनमा आउनेछ। जुलाई १० मा फिल्मको ट्रेलर सार्वजनिक भएको थियो। जो अहिले युट्युबमा नम्बर एकमा ट्रेन्डिङमा छ।

शाहरुखको पछिल्लो फिल्म ‘पठान’ ब्लकबस्टर भएको थियो। फिल्मले एक हजार करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘जवान’बाट पनि त्यस्तै अपेक्षा राखेका शाहरुख फिल्मका प्रचारप्रसारमा लागेका छन्। उनी ट्विटरमा निकै सक्रिय भएका छन्। सोसल मिडियामा प्रशंसकसँग सवालजवाफ गरिरहेका छन्।

उनका एक प्रशंसकले ट्विटरमा उनलाई सोधेका थिए, ‘के तपाईं आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ?’ त्यसको जवाफमा शाहरुखले भने, ‘के तिमी आफ्नो कामको तलब आफूलाई आफैँ दिन्छौँ!’

रेड चिलिज इन्टरटेनमेन्टअन्तर्गत बनेको ‘जवान’ शाहरुखको बहुप्रतीक्षित फिल्म हो। जसमा उनीबाहेक नयनतारा, विजय सेतुपतिलगाय कलाकारको अभिनय छ। दीपिका पादुकोण भने अतिथि भूमिकामा छिन्। एटलीको निर्देशन रहेको फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा पनि प्रदर्शनमा आउनेछ।

प्रकाशित: २८ असार २०८० १७:०६ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast