सीएनआई पदाधिकारी र रास्वपा सभापति लामिछानेबीच निजी क्षेत्रका विषयमा छलफल

हिमाल प्रेस २८ असार २०८० १६:३२ | Thursday, July 13, 2023
सीएनआई पदाधिकारी र रास्वपा सभापति लामिछानेबीच निजी क्षेत्रका विषयमा छलफल

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ। सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारी र रास्वपा सभापति लामिछानेबीच समग्र आर्थिक क्षेत्रका विषयमा छलफल भएको हो।

अध्यक्ष अग्रवालले सबै राजनीतिक दलले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताए। अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता रहेको उनको भनाइ थियो। ‘सबै दलले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।

अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकासलगायत क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले उधारो उठाउने ऐनका साथै अग्रिम जमानत कानुनको आवश्यकता रहेको पनि बताए। छलफलमा सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताए। उनले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्ने जोड दिँदै योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताए।

प्रकाशित: २८ असार २०८० १६:३२ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast