राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

हिमाल प्रेस २८ असार २०८० ६:४६ | Thursday, July 13, 2023
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ– बिहीबार (आज) राष्ट्रियसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान १० : ०१ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० पारित गर्ने कार्यसूची छ।

हिजो बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको थियो।

बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।

खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि रहेको छ।

यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: २८ असार २०८० ६:४६ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast