यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

हिमाल प्रेस २८ असार २०८० ६:२१ | Thursday, July 13, 2023
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– बिहीबार (आज) कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका सीमित स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित: २८ असार २०८० ६:२१ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast