काठमाडौँ- राष्ट्रियसभा बैठक स्थगित भएको छ। आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो।
राष्ट्रियसभा सचिवालयले विशेष कारणले स्थगित भएको सूचनामा जारी गरेको छ।
यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेकाले स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ। आज बिहान ८:३० मा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको हो।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा बस्ने छ।
प्रकाशित: २७ असार २०८० ९:५९
प्रतिक्रिया