राप्रपा सुदूरपश्‍चिम प्रदेश सहसंयोजकमा शाही, कर्णालीमा बुढा

हिमाल प्रेस २७ असार २०८० ८:०६ | Wednesday, July 12, 2023
राप्रपा सुदूरपश्‍चिम प्रदेश सहसंयोजकमा शाही, कर्णालीमा बुढा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही नियुक्त भएका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिंदेनले पार्टीको विधानअनुसार शाहीलाई सो पदमा नियुक्त गरेका हुन्। शाही पार्टी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा पनि छन्।

यस्तै कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त भएका छन्।

पार्टी गतिविधिलाई जनस्तरमा पुर्‍याएर संगठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २७ असार २०८० ८:०६ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast