के यसपल्ट दसैँको टीकाका दिन खुल्ला मौसम?

हिमाल प्रेस २ कार्तिक २०८३ १३:४८ | Monday, October 19, 2026
6
SHARES
के यसपल्ट दसैँको टीकाका दिन खुल्ला मौसम?

काठमाडौँ– देशमा हाल कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले वर्षा र हिमपातको गतिविधि खासै छैन । अबका तीन दिन पनि यस्तै हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन अर्थात् दसैँ टीकाका दिन (कात्तिक ४)सम्म समग्रमा देशभरको मौसम घमाइलो हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् सिर्जना गिरीले जानकारी दिइन् ।

यो अवधिमा प्रायः ठाउँमा वर्षा र हिमपातको सम्भावना एकदमै न्यून रहेको उनले स्पष्ट पारिन् ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसको पनि उल्लेखनीय प्रभाव नरहेको उनले जानकारी दिइन् ।

दसैँ टीकाका दिन काठमाडौंसहित देशका प्रायः भूभागमा मौसम घमाइलो हुने उनले बताइन् ।

तराई भूभागमा भने बिहान र बेलुकापख हल्का हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित: २ कार्तिक २०८३ १३:४८ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast