राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

हिमाल प्रेस २७ असार २०८० ७:३० | Wednesday, July 12, 2023
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने फाइल तस्बिर।

काठमाडौँ– बुधबार (आज) राष्ट्रियसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११:०१ बजे बस्ने बैठकमा बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र आजै खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।

यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ।

प्रकाशित: २७ असार २०८० ७:३० | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast