काठमाडौँ- नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन एमालेको सचिवालय बैठक आज बस्दैछ। सचिवालय बैठकले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने जनाइएको छ।
निर्वाचन आयोगले पठाएको सबै क्लस्टर मिलाएर समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाइने एमाले स्रोतको दाबी छ।
एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ। समानुपातिकतर्फको बन्द सूचीमा रहेका नाम प्राथमिकताका आधारमा सांसद चयनका लागि निर्वाचन आयोगमा पठाइनेछ।
प्रकाशित: २३ मंसिर २०७९ ७:०२ | Friday, December 9, 2022
प्रतिक्रिया



