काठमाडौँ- भारतको हिमाञ्चलमा भीषण वर्षापछि गएको बाढीपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। हिमाञ्चलको सिम्लामा बस्दै आएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो।
त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का देवबहादुर ओली, उनकी श्रीमती भिमा ओली र उनका छोरा मोहन ओलीको मृत्यु भएको सोही वडाका अध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार तीनै जना एकै परिवारका हुन्। रोजगारीको सिलसिलामा भारत गएका उनीहरूको सोमबार बिहान करिब ११ बजे पहिरोमा परेर ज्यान गएको वडाध्यक्ष खड्काले हिमाल प्रेसलाई जानकारी दिए।
प्रकाशित: २५ असार २०८० २१:१५
प्रतिक्रिया