सुदूरपश्चिम सरकारको बजेट पास हुन नदिने सत्तारुढ तीन दलको निर्णय

हिमाल प्रेस २५ असार २०८० १८:३४ | Monday, July 10, 2023
सुदूरपश्चिम सरकारको बजेट पास हुन नदिने सत्तारुढ तीन दलको निर्णय

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट पारित हुन नदिने निर्णय सत्तारुढ दलले नै गरेका छन्।

सत्ता पक्षकै दलले बजेटलाई समर्थन नगर्ने निर्णय गरेपछि बजेट पारितबारे थप अन्योल उत्पन्न भएको हो। बजेटलाई समर्थन नगर्ने निर्णय गर्नेमा सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादी रहेका छन्।

सुदूरपश्चिममा सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। सोमबार बसेको तीन दलका संसदीय दलका नेताहरूको बैठकले बजेट समर्थन नगर्ने निर्णय गरेको हो।

नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले उक्त निर्णय गरेका हुन्।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफ्ना दलका नेतासँग छलफल नगरिएको तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने निर्णय गरिएको हो।

प्रकाशित: २५ असार २०८० १८:३४ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast