प्रधानमन्त्रीलाई एमालेको प्रश्न : तपाईंले चन्द्रसूर्य झण्डा उचाल्ने हो कि भारतको तिरंगा?

हिमाल प्रेस २५ असार २०८० १६:२७ | Monday, July 10, 2023
प्रधानमन्त्रीलाई एमालेको प्रश्न : तपाईंले चन्द्रसूर्य झण्डा उचाल्ने हो कि भारतको तिरंगा? फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्रीले भारतीय व्यापारी‍ आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली धाएको विषयमा दिएको अभिव्यक्तिमा गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका तर्फबाट सांसद गोकुल बाँस्कोटाले बोल्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका हुन्।

उनले प्रधानमन्त्रीलाई नेपालको झण्डा फहराउने कि भारतको भन्दै प्रश्न पनि गरे।  ‘तपाईंले तिरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो। हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो,’ उनले भने, ‘यो जनता दु:खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रा लागि स्वीकार्य भएन। देशका लागि स्वीकार्य भएन। चारतारे लालतारे झण्डालाई जेसुकै होस् तर चन्द्रसूर्यका लागि स्वीकार्य हुँदैन।’

उनले प्रधानमन्त्रीले पटकपटक देश हितविपरीत बोलेको आरोप पनि लगाए। एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको अडान अझै कायम रहेको पनि उनको भनाइ छ।

‘हामीले राजीनामा भनेका छौँ राजीनामा दिनुस्। सार्वभौम संसद्लाई, दुई करोड ९१ लाख जनतालाई आश्वास्त पार्ने जवाफ आउँछ कि आउँदैन?,’ उनले भने, ‘के लेण्डुप बिर्साउन खोजेको हो? आत्मसमर्पण हुँदैन। यत्तिकै अघि बढ्न सकिँदैन।’

प्रकाशित: २५ असार २०८० १६:२७ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast