आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस २५ असार २०८० ७:३९ | Monday, July 10, 2023
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ– सोमबार (आज) राष्ट्रियसभाको बैठक बस्दैछ। बिहान ११ बजेर १ मिनेटमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यसूची छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

यस्तै अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आइतबार बसेको आजसम्मको लागि बैठक स्थगित भएको थियो।

प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका थिए।

प्रकाशित: २५ असार २०८० ७:३९ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast