कोलम्बो- श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता पाएको छ। श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भइसकेको बताएका हुन्।
कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिंघलेले विश्व बैंकले श्रीलंकाका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका हुन्।
सो रकममध्ये पाँच सय मिलियन डलर स्थिरता र आर्थिक परिवर्तन, विकास नीति सञ्चालनलगायतका लागि विनियोजन गरिएको छ। यसबाट आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।
राज्यमन्त्री सेमासिंघेले यो कोषले देशलाई बृहत् आर्थिक स्थायित्व र दिगोपन पुनस्र्थापना गर्ने, गरिबी र जोखिममा परेका प्रभावलाई न्यूनीकरण गर्ने बताएका छन्। रासस/सिन्ह्वा
प्रकाशित: १९ असार २०८० २२:१६ | Tuesday, July 4, 2023
प्रतिक्रिया




