६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भने : केन्द्रले एकलौटी निर्णय गर्‍यो, समन्वय होस् [पत्रसहित]

विजय नेपाल १५ असार २०८० १९:२७ | Friday, June 30, 2023
६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भने : केन्द्रले एकलौटी निर्णय गर्‍यो, समन्वय होस् [पत्रसहित]

पोखरा – मुख्यमन्त्रीहरूले संघ सरकारले संघीयताको मर्मअनुसार सहयोग नगरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। पोखरामा भेला भएका ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

पोखरा १७ बिरौटास्थित पाँचतारे होटल ग्रान्डमा भएको बैठकमा प्रदेशले गरिरहेको काम र अनुभव आपसमा साटासाट गरिएको बताइएको छ। संघीयता कार्यान्वयनसँगै वित्तीय स्रोतको बाँडफाँटमाथि प्रश्चचिन्ह उठ्ने गरेको छ। संघले ७० प्रतिशत राखेर बाँकी प्रदेश र स्थानीय तहलाई पठाउने गरेकोमा यो न्यायोचित नभएको गुनासो छ।

नागरिकता तथा राहदानी वितरण, सीमा व्यवस्थापनबाहेक अन्य सबै प्रकारका अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग गरे पनि संघ सरकारले सुनेको छैन।

कर्मचारी सरुवा बढुवा प्रक्रिया सम्बन्धित प्रदेशबाटै टुंगिनुपर्ने माग भए पनि हालसम्म सम्बोधन हुन सकेको छैन।। यी र यस्तै विषयमा मुख्यमन्त्रीहरूले छलफल गरेर प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका हुन्। भेलामा कोशी प्रदेशका मुख्यमन्त्री भने सहभागी थिएनन्।

यस्तो छ पत्रको व्यहोरा

प्रकाशित: १५ असार २०८० १९:२७ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast