लहानमा नयाँ एनसेल सेन्टर

हिमाल प्रेस १५ असार २०८० १२:४८ | Friday, June 30, 2023
लहानमा नयाँ एनसेल सेन्टर

सिराहा– एनसेल आजियाटा लिमिटेडले लहानको सहिद चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बिहीबार सेन्टरको उद्घाटन गरेका हुन्।

नयाँ एनसेल सेन्टरबाट ग्राहकले सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवा लिन सक्छन्।

यस सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई-सिममा अपग्रेड गर्न, सीयूजी नम्बरको आवश्यक फेरबदल गर्न, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायत सुविधा लिन सकिने एनसेलले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत जाब्बोरले लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीय स्तरमा विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम सञ्चालनमा ल्याइएको बताए।

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५:३० बजेसम्म सेन्टर खुला हुनेछ। एनसेलले देशभर ३४ वटा सेन्टर सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १५ असार २०८० १२:४८ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast