तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप

हिमाल प्रेस १४ असार २०८० ११:२८ | Thursday, June 29, 2023
तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप गरिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन्।

देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थपेका थिए।

प्रकाशित: १४ असार २०८० ११:२८ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast