बलिउडमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन खान

हिमाल प्रेस २१ मंसिर २०७९ १८:२०
16
SHARES
बलिउडमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन खान

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनले निर्देशनमार्फत बलिउडमा प्रवेश गर्दैछन्। सो जानकारी आर्यनले आफैँ सार्वजनिक गरेका हुन्।

आर्यनले बुबा शाहरुखको प्रोडक्सन हाउस ‘रेड चिलिज इन्टरटेनमेन्ट’सँग पहिलो प्रोजेक्ट गर्नेछन्।

आफ्नो इन्स्टाग्राममामा क्ल्यापबोर्डको तस्बिर सेयर गर्दै आर्यनले क्याप्सनमा लेखेका छन्, ‘लेखन सकिएको छ, एक्सन भन्न आतुर छु।’

उनको त्यस पोस्टमा बुबा शाहरुख र आमा गौरी खानले कमेन्ट गरेका छन्। उनीहरूले छोरालाई शुभकामना दिएका छन्। आर्यन शाहरुख र गौरीका जेठा छोरा हुन्।

गत वर्ष अक्टोबरमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को मुम्बई इकाईले आर्यनलाई लागुपर्दाथको केसमा पक्राउ गरेको थियो। लगभग एक महिना जेलमा बिताएका उनले पछि ‘क्लिन चिट’ पाएका थिए।

प्रकाशित: २१ मंसिर २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =