नेपाल-भारत सीमा समस्यामा समझदारी खोज्ने सहमति : परराष्ट्रमन्त्री

हिमाल प्रेस ११ असार २०८० १८:५२ | Monday, June 26, 2023
नेपाल-भारत सीमा समस्यामा समझदारी खोज्ने सहमति : परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी सावदले नेपाल–भारत सीमा समस्यामा समझदारी खोज्ने सहमति भइसकेको दाबी गरेका छन्। नेपालको भूमि अतिक्रमण हुन नदिने गरी सीमा समस्यामा आपसी समझदारी खोज्ने सहमति भारतसँग भएको उनले बताए।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सावदले सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमण निकै फलदायी भएको दाबी गरे।

‘नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने गरी अघि बढ्न समझदारी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको छ,’ उनले भने, ‘भारतको संसद्मा राखिएको नक्साबारे भारतीय परराष्ट्रमन्त्रीसँग कुरा गर्दा अशोककालीन चित्र भएको र राजनीतिक नभएको बताएका छन्।’

नक्साका विषयमा दिल्लीस्थित भारतीय दूतावासलाई बुझेर सरकारलाई जानकारी गराउन निर्देशन दिइएको पनि उनले बताए। मन्त्री सावदले सार्कलाई गतिशील बनाउन पनि सरकार लागिरहेको बताए।

गैरआवासीय नेपालीको लगानीका लागि मन्त्रालयले सहजीकरण गर्दै आएको र राहदानी सेवालाई सहज बनाएको पनि मन्त्री सावदले बताए।

प्रकाशित: ११ असार २०८० १८:५२ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast