नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

हिमाल प्रेस १ असार २०८३ २१:२७ | Monday, June 15, 2026
30
SHARES
नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ– नेपाल–भारत सीमा समन्वय समितिको बैठक कञ्चनपुरमा सम्पन्न भएको छ।

बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी थिए।

बैठकको सहअध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका अनुसार नेपाल–भारत सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाही, सीमा स्तम्भको अवस्था, मर्मत–सम्भार तथा पुनःनिर्माणलगायत विषयमा छलफल भएको थियो।

पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समझदारी भएको जानकारी दिँदै प्रजिअ रेग्मीले भने, ‘सीमा स्तम्भको मर्मत–सम्भार, हराएका स्तम्भको खोजी गरी पुनःनिर्माण तथा आवश्यक मर्मतलाई अघि बढाइनेछ।’

बैठकमा हराएका सीमा स्तम्भको पुनःनिर्माण सम्बन्धी प्राविधिक टोलीको प्रगतिबारे पनि जानकारी गराइएको थियो।

प्रकाशित: १ असार २०८३ २१:२७ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast