प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

हिमाल प्रेस १८ जेठ २०८३ १४:३७ | Monday, June 1, 2026
6
SHARES
प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

काठमाडौँ– नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

उनीहरुले ‘सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दाबाद, नेपालको सीमा रक्षा गर’ लगायतका नारा लगाएका थिए। साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन्।

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतै पनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताए। उनले प्रधानमन्त्रीले संविधानमा नै उल्लेख नेपालको चुच्चे नक्सालाई नै चुनौती हुने गरी बोलेको उल्लेख गरे।

उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रकाशित: १८ जेठ २०८३ १४:३७ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast