बालेनको काममा आधारित फिल्म ‘मेयर साहेब’ बन्दै

हिमाल प्रेस ११ असार २०८० १३:४३ | Monday, June 26, 2023
बालेनको काममा आधारित फिल्म ‘मेयर साहेब’ बन्दै

काठमाडौँ– राजु गिरीको निर्देशनमा फिल्म ‘मेयर साहेब’ बन्ने भएको छ। फिल्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले गरेका कार्यमा आधारित रहने निर्माण टिमले जनाएको छ।

फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद रहने फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने बताइएको छ।

विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहने फिल्म विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुनेछ। निर्माण टिमका अनुसार फिल्म यहि भदौदेखि छायांकन गरिनेछ। फिल्ममा कलाकार छनोट हुन बाँकी छ।

निर्देशक गिरीको अर्को फिल्म ‘नम्बरी सुन’ यहि भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।

प्रकाशित: ११ असार २०८० १३:४३ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast