देशभर मनसुनी प्रभाव, बाढी पहिरोबाट सतर्क रहन आग्रह

हिमाल प्रेस ११ असार २०८० ६:२७ | Monday, June 26, 2023
देशभर मनसुनी प्रभाव, बाढी पहिरोबाट सतर्क रहन आग्रह फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– सोमबार (आज) कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौससमा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका अधिकांश भू-भाग र तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

भारी वर्षा र मेघ-गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: ११ असार २०८० ६:२७ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast