
काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले पोखराको पोखरा रंगशालामा सार्वजनिक योग कार्यक्रम गरेको छ। दूतावासले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा कार्यक्रम गरेको हो।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात ‘एक विश्व एक परिवार सबैको कल्याणका लागि योग’ रहेको छ। पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका माननीय मेयर धनराज आचार्य र सो क्षेत्रका २ हजारभन्दा बढी योग पारखीहरूको सहभागी थियो।
भारतीय राजदूत नवीन श्रीवास्तवले हरेक वर्ष पोखरामा जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस मनाउन दूतावासले गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताए।