मन्त्री सिंहको मृत्यु

सपरिवार उग्रतारा दर्शन गरेका मन्त्री सिंह पुग्‍न पाएनन् मष्टा मन्दिर

सुदूरपश्चिममा आज शोक बिदा

हिमाल प्रेस ६ असार २०८० ७:४७ | Wednesday, June 21, 2023
सपरिवार उग्रतारा दर्शन गरेका मन्त्री सिंह पुग्‍न पाएनन् मष्टा मन्दिर

धनगढी– पत्नी अमृता र परिवारसहित धनगढीबाट गृह जिल्ला बझाङ हिँडेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परी अस्ताए।

मंगलबार बिहान डडेल्धुरामा उग्रतारा मन्दिरमा दर्शन गरी गृह जिल्ला बझाङतर्फ हिँडेका थिए।

बुधबार (आज) बझाङको ढंगार मष्टा मन्दिर दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने तयारीमा रहेका उनले मन्दिर दर्शन गर्नै पाएनन्।

मन्त्रालयका नायव सुब्बास्तरका एकजना कर्मचारी, निजी सचिवालयका कर्मचारी र परिवारका सदस्यसहित हिँडेका मन्त्री सिंह बाटोमै अस्ताए।

मन्त्री पदवहाली भएपछि पहिलो पटक निर्वाचन क्षेत्र जाँदै गरेका सिंह सवार सुप प्र ०१-००१ झ ४८० नम्बरको गाडी दिउँसो १ बजेर ४३ मिनेटमा केदास्युँ गाउँपालिका-१ को धारछडा भन्ने स्थानमा दुर्घटनामा पर्‍यो।

बझाङको जयपृथ्वी नगरपालिका-१० घर भएका उनी हाल कञ्चनपुरको बेलौरी नगरपालिकामा बसोबास गर्दै आएका थिए। आन्तरीक मामिला तथा कानुन मन्त्रालयले धनगढीस्थित कर्भड हलमा आज ९ बजे श्रद्धान्जली सभा आयोजना गरेको छ।

मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेश सरकार प्रदेश भरी आज शोक बिदा दिएको छ।

प्रकाशित: ६ असार २०८० ७:४७ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast