मन्त्री सिंहसहित चारको अवस्था गम्भीर, हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी

हिमाल प्रेस ५ असार २०८० १५:३४ | Tuesday, June 20, 2023
मन्त्री सिंहसहित चारको अवस्था गम्भीर, हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी

काठमाडौँ- बझाङमा सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्रीसहित घाइते चार जनालाई थप उपचारको लागि नेपालगञ्ज लैजाने तयारी गरिएको छ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हाे। गाडीमा सवार मन्त्री सिंहसहित उनकी पत्नी अमृता, भाउजु नाता पर्ने जयादेवी सिंह, मन्त्रीका अंगरक्षक दीपक भण्डारीको अवस्था गम्भीर रहेको छ।

‘घाइते चार जनाकै अवस्था गम्भीर छ। उहाँहरूलाई थप उपचारको लागि हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ’ बझाङकी निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले हिमालप्रेससँग भनिन्। चालक धर्मराज जोशीको अवस्था भने मध्यम रहेको बताइएको छ।

घाइते पाँचै जनालाई नेपालगञ्ज लैजाने तयारी छ। गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

प्रकाशित: ५ असार २०८० १५:३४ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast