ताप्लेजुङ पहिरोमा बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

हिमाल प्रेस ४ असार २०८० ११:५० | Monday, June 19, 2023
ताप्लेजुङ पहिरोमा बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता केशर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते सुरेश राईको निधन भएको छ।

स्थानीय कला कडरियाका अनुसार घाइते राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले ३ जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशर बेपत्ता थिए।

मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी ३ जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा पहिरोले ६ वटा घर बगाएको छ।

प्रकाशित: ४ असार २०८० ११:५० | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast