ताप्लेजुङ– ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता केशर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते सुरेश राईको निधन भएको छ।
स्थानीय कला कडरियाका अनुसार घाइते राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।
पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले ३ जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशर बेपत्ता थिए।
मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी ३ जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा पहिरोले ६ वटा घर बगाएको छ।
                            प्रकाशित: ४ असार  २०८० ११:५० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

