भ्रष्टाचारमा संलग्नको प्रतिरक्षा राजनीतिक दलले गर्नुहुन्न : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २ असार २०८० १९:१२ | Saturday, June 17, 2023
भ्रष्टाचारमा संलग्नको प्रतिरक्षा राजनीतिक दलले गर्नुहुन्न : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेतालाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए।

नेताहरूलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरूले त्यसले दिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने शर्माको भनाइ थियो।

‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाइँदैन भनेर हामी कसैले भन्न पाउँदैनौँ। यो देशमा कानुन छ। यो देशमा संविधान छ। अख्तियार छ। अदालत छ। तिनले भन्ने हो तिम्रो दलको नेता निर्दोष छ,’ उनले भने, ‘त्यो कर्ममा कांग्रेस, एमाले, माओवादीजस्ता दलले कसैले प्रतिरक्षा गर्नु हुँदैन।’

प्रकाशित: २ असार २०८० १९:१२ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast