४ महिना चीनमा उपचार गरेर फर्किए वर्षमान

हिमाल प्रेस १ असार २०८० १५:१८ | Friday, June 16, 2023
४ महिना चीनमा उपचार गरेर फर्किए वर्षमान

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन्। चीनमा चार महिना लामो उपचार गराएर स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किएका हुन्। उपमहासचिव पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्वागत गरेका थिए।

विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले आफ्नो स्वास्थ्य पूर्ण रूपमा ठीक भएको बताए। ‘सबैको माया र सद्‌भावले म स्वस्थ भएर फर्किएको छु,’ उनले भने, ‘अब राजनीतिमा सक्रिय हुन्छु।’ उनले स्वास्थ्य उपचारका क्रममा पनि नेपालको राजनीतिप्रति चासो राखेको बताए।

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपमहासचिव पुन उपचारका लागि पत्नी ओनसरी घर्तीसहित १ फागुन २०७९ मा चीन गएका थिए। पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।

प्रकाशित: १ असार २०८० १५:१८ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast