‘सुशानको मुद्दामा रास्वपालाई हाम्रो समर्थन छ’

हिमाल प्रेस ७ असार २०८३ १७:०६ | Sunday, June 21, 2026
8
SHARES
‘सुशानको मुद्दामा रास्वपालाई हाम्रो समर्थन छ’

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्।

आइतबार चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा नेकपा रास्वपासंग नजिक रहेको र सुशासनको एजेण्डामा समानता रहेको बताए।

कठिन परिस्थितिमा पनि रास्वपासँगै लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेको भन्दै उनले अहिले पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा नेकपाको पूर्ण समर्थन रहेको धाराण राखे।

उनले थिति बसाउन चालिएका कदमहरू विधि सम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने रास्वपा र रास्वपा नेतृत्वको सरकारको प्रयाप्त ध्यान पुग्ने विश्वास व्यक्त गरे।

नेता पुनले दलहरू सुदृढ भएमात्र लोकतन्त्र बलियो हुने भन्दै राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्यता राख्नुपर्नेमा जोड दिए।

प्रकाशित: ७ असार २०८३ १७:०६ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast