समाजवादी मोर्चा निर्माणबारे प्रचण्ड-बाबुरामबीच छलफल

हिमाल प्रेस १ असार २०८० १३:११ | Friday, June 16, 2023
समाजवादी मोर्चा निर्माणबारे प्रचण्ड-बाबुरामबीच छलफल फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी मोर्चा निर्माणका विषयमा छलफल भएको छ। शुक्रबार उक्त विषयमा छलफल गरिएको डा भट्टराईले जनाएका छन्।

छलफलबारे बताउँदै उनले भनेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्तिप्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी!’

उनले देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको बताएका छन्।

यस विषयमा बाहिर चलेका हल्लामा नबग्न उनले आग्रह गरेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चाँडै नै मोर्चा घोषणा गर्नेगरी तयारी गरेका छन्। मोर्चामा डा भट्टराई नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई समेत समाहित गर्नेगरी छलफल भइरहेको बताइएको छ।

प्रकाशित: १ असार २०८० १३:११ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast