प्रचण्ड-बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

हिमाल प्रेस ३० जेठ २०८० १७:३३ | Tuesday, June 13, 2023
प्रचण्ड-बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौँ– सशस्त्र विद्रोहको समयमा बालबालिकालाई प्रयोग गरेको भन्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ।

द्वन्द्वकालमा बालसेना प्रयोगको सन्दर्भमा लेनिन बिष्टलगायतले मुद्दा दर्ता गरेका थिए। न्यायाधीश सपना मल्ल प्रधानको इजलासले लिखित जवाफ माग  गर्दै अग्रधिकार दिने आदेश दिएको हो।

माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ।

रिटमा अबोध बालकलाई बन्दुक बोकाएको, जासुसी गर्न लगाएको, अग्रमोर्चामा खटाइएको, युद्धको सरसामान ढुवानी गर्न लगाइएको उल्लेख छ। निवेदनमा भनिएको छ, ‘हरहिसाबले जिउज्यानको खतराको सामु राख्नु अन्तर्राष्ट्रिय कानुनअनुसारको युद्ध अपराध हो।’

प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलास

प्रचण्डविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी मुद्दा कसरी अघि बढ्ला?

प्रकाशित: ३० जेठ २०८० १७:३३ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast