शेखर कोइरालासँग सम्बन्ध बिग्रिएको छैन, देउवाले अब लोभ गर्नुहुन्न : गगन थापा

हिमाल प्रेस ३० जेठ २०८० १३:५९ | Tuesday, June 13, 2023
शेखर कोइरालासँग सम्बन्ध बिग्रिएको छैन, देउवाले अब लोभ गर्नुहुन्न : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता डा.शेखर कोइरालासँगको आफ्नो सम्बन्धमा कुनै फेरबदल नआएको दाबी गरेका छन्। पछिल्लो समय कोइराला सभापति शेरबहादुर देउवासँग नजिकिएको समाचारहरू आइरहँदा मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका थापाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग यस्तो दाबी गरेका हुन्।

‘१४औँ महाधिवेशनदेखिको सबन्धमा अहिलेसम्म पनि प्रगाढ छ। १५औँ महाधिवेशनमा थप साथीहरू जोडिनु हुने छ,’ थापाले भने, ‘भएकाहरू पनि हाम्रो साथमै रहनु हुने छ। गुम्नु हुने छैन।’

थापाले कांग्रेसमा पुस्तान्तरणका लागि नेतृत्व नै हस्तान्तरण हुनुपर्ने बताए। सभापति देउवाले नेतृत्व हस्तान्तरण गरे पार्टी चलायमान हुने उनको भनाइ छ। ‘अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो,’ उनले भने, ‘त्यसैले अब सभापतिले प्रधानमन्त्री वा अन्य पदमा दाबी गर्नु हुँदैन, लोभ गर्नु हुँदैन। जति गर्न सकेँ भनेर हस्तान्तरण गर्नुपर्छ।’

प्रकाशित: ३० जेठ २०८० १३:५९ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast