नागरिक विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र फुयालको इजलासमा

हिमाल प्रेस ३० जेठ २०८० १२:३५ | Tuesday, June 13, 2023
नागरिक विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र फुयालको इजलासमा सर्वोच्च अदालत

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकका सन्दर्भमा परेको रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ। यो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २१ मा ऐन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मनोजकुमार शर्माको इजलासले सो आदेश दिएको थियो।

त्यस्तै, जेठ २६ गते प्रकाशमान सिंह राउत र सुष्मालता माथेला इजलासले मन्त्रिपरिषद्को सिफारिसको प्रमाणित प्रतिलिपि र राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण गर्ने निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो। राष्ट्रपति पौडेलले जेठ १७ मा विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेठ १९ गते त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिटमा मन्त्रिपरिषद्‌को निर्णय झिकाउन सर्वोच्चको आदेश

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अधिवक्ताहरू सर्वोच्चमा

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

प्रकाशित: ३० जेठ २०८० १२:३५ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast