तीन जिल्लामा विनियोजित बजेट धेरै होइन : अर्थमन्त्री

हिमाल प्रेस २९ जेठ २०८० १४:५१
4
SHARES
तीन जिल्लामा विनियोजित बजेट धेरै होइन : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन जिल्लामा विनियोजित रकम बढी नभएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले तीन जिल्लामा विनियोजन गरिएको बजेट ठूलो नभएको दाबी गरेका हुन्।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कुल १ खर्ब २३ अर्ब रुपैयाँ विनियोजन भएको छ,’ उनले भने, ‘त्यसैले तीन जिल्लामा छुट्ट्याइएको रकम ठूलो होइन।

उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाएको बताए।

यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री महतको जिल्लामा तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरिएको भन्दै आलोभना भएको थियो।

प्रकाशित: २९ जेठ २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =