नाडाले सीप तथा क्षमता विकास तालिम दिने

हिमाल प्रेस २८ जेठ २०८० १९:२५ | Sunday, June 11, 2023
नाडाले सीप तथा क्षमता विकास तालिम दिने

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सीप तथा क्षमता विकास तालिम दिने भएको छ। त्यसका लागि नाडाले सीप तथा क्षमता विकास इकाई गठन गरेको छ।

अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रम गराउने एसोसिएसिसनले जानकारी दिएको छ। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा ६ सदस्यीय इकाई गठन गरिएको हो।

विद्युतीय सवारीसाधनको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा इकाई गठन गरिएको हो। उक्त इकाई गठनका लागि नाडाले बुधबार र बिहीबार दुईदिने कार्यशाला गोष्ठी गरेको थियो।

प्रकाशित: २८ जेठ २०८० १९:२५ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast