नयाँ बानेश्वरदेखि माइतीघरसम्म खाली थाल ठटाउँदै विद्यालय कर्मचारी

हिमाल प्रेस २४ जेठ २०८० २१:०१
2.7k
SHARES
नयाँ बानेश्वरदेखि माइतीघरसम्म खाली थाल ठटाउँदै विद्यालय कर्मचारी

काठमाडौँ– सेवासुविधालगायतका आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना जारी राखेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ।

सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका सेवासुविधा सम्बोधन गरिनेछ भनिए पनि बजेट वक्तव्यमा कुनै पनि सम्बोधन नगरिएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्।

यसअन्तर्गत उनीहरूले जेठ २१ गतेदेखि एकाइमा धर्ना दिइरहेका छन्। जेठ २३ गते बसेको परिषद्को राष्ट्रिय समितिले बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो। यसअन्तर्गत आगामी आइतबार नयाँबानेश्वरदेखि माइतीघरसम्म खाली थाल बजाउने निर्णय गरिएको महासचिव शान्तिनाथ योगी र गंगाराम तिवारीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि सार्वजनिक विरोधका कार्यक्रम यथावत् रहेको जनाइएको छ।

जेठ २७ देखि असार १ गतेसम्म काठमाडौँको भद्रकालीमा रिले अनशन बस्ने र असार २ गते देखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिने घोषणा परिषद्को छ।

देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीको धर्ना

प्रकाशित: २४ जेठ २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =