स्वास्थ्यमा ८४ अर्ब बजेट

हिमाल प्रेस १५ जेठ २०८० १८:४७ | Monday, May 29, 2023
स्वास्थ्यमा ८४ अर्ब बजेट संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा करिब ८४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको उनले बताए। स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य सरकारको रहेको बजेट वक्तव्यमा उल्लेख छ।

साथै बजेटमार्फत ९८ प्रकारका औषधि, खोपलगायत आधारभुत स्वास्थ्य सेवा निःशुल्क गरिएको छ।

सबै वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट उक्त सुविधा लिन सकिनेछ। औषधि, खोपलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको छ। स्वदेशमै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ।

प्रकाशित: १५ जेठ २०८० १८:४७ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast